Monday, September 25, 2023

 




Hybrid Rice Seed Production in Nepal by Nepalese seed companies

Date of visit: 2023/09/21-23                                                       (2080/06/04-06)

Places visited included Panchashakti Seed Company, and Unique Seed Company, Dhangadi, Kailali; Gorkha Seed Company, Tulsipur, Dang; and Lumbini Seed Company, Tilottama, Rupandehi 

Observation: Fields were in grain milky stage in Dhangadi and in early grain filling stage in Dang and Rupandehi. The companies have developed confidence and learnt the basic techniques of rice hybrid seed production) and have started to produce hybrid rice seeds at commercial scale. The fields were well managed and incidence of diseases and pests was not severe. The plant growth and development seemed satisfactory.

Challenges faced

1.    Flowering synchronization of CMS and R lines

2.    Quality of GA3 and its appropriate usage

3.    Agricultural inputs such as irrigation and fertilizers

4.    Purity of CMS and R lines leading to higher percentage of off-type plants which requires continuous roguing

5.    Quality (competitiveness) of hybrid seeds produced

Way forward

Companies require continuous technical backstopping (provide skill development trainings to technicians/field staff on appropriate sowing and transplanting time for flowering synchronization as well to avoid peak monsoon rain during the flowering time, right time and dose of GA3 application, and field monitoring every day to identify and remove off-type plants), technical guidance from NARC for quality hybrid seed production and quality assurance mechanisms. There is scope for improving the purity of parental line seeds which would reduce roguing and directly increase the yield of hybrid seeds. The federal, provincial and local levels can help in creating enabling environment by supportive policy tools (including domestic hybrid seeds in seed subsidy program, block demonstration of grain production using these hybrid seeds, adequate fertilizer and irrigation water for seed production), seed drying system for spring season seed production.

Participants:

·       Ministry of Agriculture and Livestock Development (MoALD)

·       Nepal Agricultural Research Council (NARC)

·       Department of Agriculture (DoA)

·       Provincial Seed Testing Laboratories

·       Agriculture Knowledge Center

·       Municipality Level Agriculture Development Section

·       Respective private seed companies

·       Nepal Seed and Fertilizer (NSAF) Project

Saturday, September 11, 2021

Area Expansion of Coffee Development Center under NCFD by purchasing additional land in FY 2077/78-2020/2021

 It was an exciting experience to acquire additional land for our small Government farm. It started from proposing additional budget in the beginning of FY 2076/77 but it was not granted. Then during program planning of FY 2077/78 we proposed but because it crossed the allocated budget ceiling in the LMBIS we were told to delete it. Then during discussion of plans and programs at the Ministry of Finance (MoF), I humbly requested that the Coffee Development Centre (CDC), Gulmi is very small (just 37 ropanis and cultivable land just about 28 ropanis) and so its not enough for different coffee development activities such as varietal block establishment and conservation, quality sapling production and to demonstrate various technologies related to coffee production. So the personnel from MoF were convinced that we really needed extra land. Then both Ministry of Agriculture and Livestock Development (MoALD) and MoF agreed. So the budget had to be allocated and later it was approved. This was such a fulfilling experience for me as my great efforts from last one year was finally being materialized. With budget approval our staff at CDC Mr. Badri Paudel who had initiated the proposal as there were lands that were abandoned due to migration was really encouraged and his energetic efforts started the process . With his sincere dedication and our full support, we were finally able to expand the farm on additional 185 ropanis which will become a turning point in the coffee development sector of Nepal. We will need to manage it very well and make it a world class facility for the coffee development efforts of Nepal. 

I am very grateful to all who were directly or indirectly involved in this historical endeavor.




Thursday, October 26, 2017

नेपालको राष्ट्रिय फल सुन्तला बनाउन प्रस्तावना

डा. शान्ता कार्की
नेपालको राष्ट्रिय जनावार गाई, फूल लालीगुराँस, रंग सिम्रीक, र चरा डाँफे भएपनि राष्ट्रिय फल भने घोषणा भएको छैन । विभिन्न देशका आ-आफ्नो राष्ट्रिय पहिचान दिने राष्ट्रिय फलहरू छन, जस्तै: क्यामबोडियाको केरा, जापानको हलुवाबेद, जर्मनिको स्याउ, बाङ्लादेशको कटहर, भारत र फिलिपिन्सको आँप, मलेशियाको डुरियान, इत्यादि ।
  

भौगोलिक तथा जैवीक विविधताको कारण नेपालमा आँप, कटहर जस्ता उष्ण प्रदेशीय (ट्रपिकल); सुन्तला, बेलौती जस्ता उपोष्ण प्रदेशीय (सब-ट्रपिकल) फलहरू देखि स्याउ, खुर्पानि जस्ता शितोष्ण प्रदेशीय (टेमप्रेट) सम्मका फलहरु पाईएता पनि आजसम्म कुनै फललाई राष्ट्रिय फलको मान्यता दिइएको छैन । यस सन्दर्भमा सुन्तलालाई नेपालको राष्ट्रिय फलको पहिचान दिन सहयोगी केहि तथ्य र तर्कहरू यहाँ प्रस्तुत गरिएको छ।
सुन्तला, जसलाई अंग्रेजीमा मेन्डारीन ओरेन्ज भनिन्छ, को वानस्पतिक नाम  सिट्रस रेटिकुलेटा हो । नेपालमा परापूर्वकाल देखि नै खेति गरिएको र उपभोगमा ल्याइएको, देशको भूगोल र हावापानी अनुसार विकसित भएको, ऐतिहासिक, साँस्कृतिक, धार्मिक, पौष्टिक, औषधीय, औधोगीक, पर्यावरणीय जस्ता अनेकौ महत्व भएको सुन्तलाका धेरै प्रजातिको उत्पति र विविधिकरण नेपालमा भएको पाईन्छ । नेपालमा सुन्तला खेतिलाई सुहाउॅंदो हावापानी भएकोले गर्दा धेरै परिश्रम नगरिकनै पनि ऊच्च गुणस्तरको (स्वादिलो, रसिलो, वासनादार) सुन्तला फल उत्पादन भैरहेको पाईएको छ ।

नेपालको दीर्घकालीन कृषि योजना (वि. स. २०५२।०५३ – २०७१।०७२, सन् १९९५- २०१५) को एक मुख्य लक्ष्य फलफूलको उत्पादन वृदिॄ गर्ने थियो र मध्यपहाडमा सुन्तलाजात फलफूललाई पहिलो प्राथमिकतामा राखेको थियो । कृषि बिकास रणनिती (सन् २०१५- २०३५) ले वगवानी अनुसन्धानलाई प्राथमिकतामा राखेको छ । वि.स. २०७४/७५ देखि २०८३/८४ सम्म नेपाल सरकारले नेपालमा फलफूल दशक मनाइरहेको, प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजनाले सुन्तलाजात फलफूललाई उच्च प्राथमिकता दिएको, हाल सुन्तलाको राम्रो उत्पादन भइरहेको, कृषकहरू व्यावसायीक सुन्तला खेति तर्फ अग्रसर भइरहेको र भविष्यमा यसको उत्पादन साथै माग बढ्ने निश्चित भएको परिपेक्षमा सुन्तलालाई नेपालको राष्ट्रिय फल बनाउनु उपयुक्त हुनेछ । यसो गरेमा सुन्तला खेती तर्फ किसानहरु तथा उद्धमीहरुको अभिरुचि बढ्ने छ र देशलाई सुन्तलामा आत्मनिर्भर बनाउँदै आयत प्रतिस्थापन र निर्यात प्रबर्ध्दन गर्न सम्भव हुने छ ।
प्राय कृषकहरुले आफ्नो घरबारीमा वा आँगनको डिलमा सुन्तलाका दुई- चार बोट रोपेको पाईन्छ । हाल, नेपालको चालीस भन्दा बढि जिल्लाहरूमा सुन्तलाको व्यावसायिक खेतीबाट करोडौको आम्दानी भइरहेको छ । यसले कृषकहरूको आर्थिक अवस्थामा आमूल परिबर्तन ल्याएको छ । नेपालको रैथाने फलमध्ये सबै भन्दा बढि उत्पादन हुने फल सुन्तला हो । नेपालमा उत्पादित सुन्तला बोक्क्रा छोडाउन सहज र खाँदा अत्यान्तै रसिलो भएकाले ताजा फलको रूपमै सबै उत्पादन नेपाली बजारमै खपत भइरहेको छ । नेपालको गुणस्तरिय फललाई व्यावसायिकता तर्फ प्रवर्दॄन गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा बढावा दिने योजनाहरू पनि शुरू भइसकेका छन । नेपाली सुन्तलाको सिमित उत्पादन, त्यहि पनि छोटो समय मात्र उपलब्ध हुने हुँदा, बजारमा तीन-चार महिना मात्र पाईन्छ । विभिन्न उचाईमा अनुकूल जातहरु लगाएर, अगौटे, मध्याम र पछौटे जातहरु रोपेर फल टिप्ने समयको अवधी बढाएर र वैज्ञानिक भण्डारणको व्यवस्था मिलाएर बजारमा फल उपलब्ध हुने समय तीन महिना देखि लम्बाएर छ देखि नौ महिना सम्म पुर्याउन सकिन्छ । सुन्तला खेती गर्न अन्य फलफूल र अन्न बाली भन्दा सहज छ र एक पटक लगाएपछि धेरै (२०-५०) वर्ष सम्म निरन्तर उत्पादन लिन सकिन्छ । 
देशको खाद्य तथा पोषण सुरक्षामा सुन्तलाले महत्वपुर्ण भुमिका निभाएको छ । सुन्तलाको नियमित सेवनबाट धेरै रोगहरूको रोकथाम हुन्छ जस्तै क्यान्सर, मुटु रोग, हाइपरटेन्सन, जन्म दोषहरू, रतन्दो, छाला चाउरिने, मधुमेह मेलिटास, ओस्टियो पोरोसिस, मोटोपना, अल्जाइमरको रोग, ईत्यादि । सुन्तलाका फलमा  प्रशस्त भिटामिन सि पाइनुका साथै अन्य भिटामिन, मिनरल र एन्टिअक्सिडेन्ट  प्रचुर मात्रामा  पाइन्छ । हिजोआज नेपालीहरूमा सन्तूलीत भोजन र सुक्ष्म पौष्टिक तत्वको स्वस्थ्यमा हुने फाईदाको जागरणले सुन्तला लगायत अन्य फलफूलको माग दिनानुदिन बढ्दो छ ।
केहि दशक अगि नेपालका नमुना सुन्तला बगैचाहरूमा सुन्तला ह्रास हुने रोगले धेरै बोट नष्ट गरेकोले कृषकहरूको सुन्तला प्रतिको आकर्षण घटेको तितो यथार्थ पनि हामीसँग छ । सुन्तलाको ह्रास समस्या ब्यवस्थापन गर्न बडवुड सर्टिफिकेसन प्रक्रिया सख्त पालना गर्ने, स्वास्थ बिरूबा उत्पादन गर्ने, रोग किराको प्रभावकारि नियन्त्रण गर्ने र उत्तम कृषि कर्म (गुड एग्रिकल्चरल प्रयक्टिसेस, जी. ए. पी.) को पालना गरि स्वस्थ्य र दिर्घायु बोट र बगैचाको व्यवस्थापनका प्राविधिहरु हाल उपलब्ध छन । ह्रास समस्या हटाएर, उत्कृष्ट गुणस्तरको सुन्तला उतपादन गरि विश्व बजारमा “नेपाली सुन्तला” भन्ने बिशेष पहिचान बनाउन सकिने चरण तर्फ हामि अघी बढ्दै छौं ।
देशमा बाँझो रहेको जग्गाको दीर्घकालीन सदुपयोग गर्न पनि सुन्तला खेती उपयुक्त देखिन्छ । यसले रोजगारिको सृजना गर्दछ । सुन्तला व्यवसायबाट देशका धेरै जनशक्तिले रोजगारी प्राप्त गर्न सक्छन् किनकि यसको खेती देखि फलटिपे पछि पनि विभिन्न पोष्ट हार्भेष्टका कृयाकलाप पछि मात्र उपभोक्ता माझ पुग्ने हुनाले धेरै उद्योगहरूको श्रीजना गर्न सकिन्छ । सुन्तला फूलेको र पाकेको बेलामा सुन्तलाको बोटले मनोरम दृष्य प्रस्तुत गर्दछ जसले कृषक, दर्शक, र वरिपरिका सबैलाई आन्नद दिन्छ ।  यसैले सुन्तला खेती बागवानी पर्याटनको कोशे ढुङ्गा बनेको छ । यसबाट फल तथा आर्थिक आम्दानी मात्र प्राप्त नभई वातावरण संरक्षणमा पनि उल्लेखनिया योगदान पुग्छ । जलवायु परिवर्तनले निमत्याउने नकारात्मक प्रभावलाई सुन्तला खेतीले न्यूनिकरण गर्न मद्दत गर्दछ ।  

हाम्रा दर्जनौ लोकभाका तथा सदाबहार गीतहरूमा पनि सुन्तलाका विशेष गुणगानहरू पाईन्छन्। जस्तैः
खाँउ त भने सुन्तला पानी....
सुनकै भाउ छ सुन्तला भारीको ..…

.....बिर्कोमा लाको चिनिमा कसरि पस्यो कमिलो; डाँडा वारिको सुन्तला गुलियो छ कि अमिलो ....”
यसरी गीत संगितमा समेत आफ्नो विशिष्टता झल्काउन सकेको फलले हाम्रो संस्कृति, अर्थतन्त्रमा पनि अवश्य महत्वपूर्गण योदान दिएको छ र यसले राष्ट्रिय महत्व पाउनु पर्ने देखिन्छ ।

विशिष्ट सुक्ष्म हावापानीले गर्दा देशको अधिकांश भू–भागमा खेती गर्न सकिने, विश्वकै उत्कृष्ट गुणस्तरको फल उत्पादन गर्न सक्ने सम्भावना भएको र घरेलु तथा विश्व बजारमा समेत उच्च माग भएको सुन्तलालाई नेपालको “राष्ट्रिय फल” बनाउनको निम्ति सम्बन्धित पक्षहरू बीच छलफल  गर्ने र कार्यान्वयनमा लैजाने उचित समय भएको छ ।